भारतको ७३ औं स्वतन्त्रता दिवसमा प्रधानमन्त्री मोदीको देशबासीका नाममा सम्बोधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

भारतको ७३ औं स्वतन्त्रता दिवसमा प्रधानमन्त्री मोदीको देशबासीका नाममा सम्बोधन

काठमाडौं, ३० साउन । भारतले बिहीवार आफ्नो ७३ औं स्वतन्त्रता दिवस मनाएको छ । दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीस्थित लालकिल्लामा राष्ट्रिय भण्डा फहराउँदै देशबासीका नाममा सम्बोधन गरेका छन् ।

उनले संविधानको धारा ३ सय ७० हटाउने आफ्नो कदमको बचाउ गर्दै हरेक देशबासीले चाहेको काम गरेको बताए । ७० बर्षको अवधिमा हरेक सरकारले केही न केही प्रयास गरेपनि राम्रो परिणाम नआएपछि नयाँ शीराबाट आफुले काम गरेको प्रधानमन्त्री मोदीको भनाइ थियो ।

उनले जम्मू–कश्मीर र लद्दाखका नागरिकको सपना पूरा गर्नु आफ्नो दायित्व रहेको बताए । सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले आफुले सपथ लिएको दश हप्ताभित्र तीन तलाकको कानुन बनाएको, आतंकबादसँग जोडिएको कानुनमा संशोधन गरि मजबूत बनाएको, किसानहरुलाई ९० हजार करोड रुपैंया बाँडेको, किसान र व्यापारिका लागि पेन्सनको व्यवस्था गरेको लगाएतका सरकारी उपलब्धिका बारेमा चर्चा गरेका थिए । भारत ७३ बर्ष अघि बेलायती उपनिबेशबाट स्वतन्त्र भएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);