चीनको वुहानमा २ हजार ८ सय ४२ विद्यालय खुले | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चीनको वुहानमा २ हजार ८ सय ४२ विद्यालय खुले

एजेन्सी, १६ भदौ । कोरोना भाइरस संक्रमणको उद्गमस्थल मानिएको चीनको वुहान राज्यका सम्पूर्ण विद्यालयमा मंगलबारदेखि देखि पठनपाठन पुनः सञ्चालन भएको छ ।चिनियाँ सञ्चारमाध्यमका अनुसार मंगलबारबाट वुहानका २ हजार ८ सय ४२ विद्यालयमा पढाइ सुरु भएको हो । भाइरसको संक्रमण फैलिएसँगै वुहानका करिब १४ लाख विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका थिए । वुहानका विश्वविद्यालय भने गत शुक्रबारदेखि नै खुलिसकेका छन् ।

भाइरस नियन्त्रणमा आएसँगै विद्यालय खोलिएतापनि वुहान सरकारका अधिकारीहरूले अनावश्यक भेला वा सम्मेलन नगर्न तथा आवश्यक सुरक्षाका उपाय अपनाउन निर्देशन दिएका जनाइएको छ । कोरोना भाइरसका कारण वुहानमा ३ हजार ८ सय ६९ जनाको ज्यान गएको थियो । गत अप्रिलदेखि सामान्य अवस्थामा फर्केको वुहानमा त्यसयता कोरोना संक्रमित भेटिएका छैनन् । वुहानसँगै चीनका अन्य विभिन्न राज्यका विद्यालय एवं विश्वविद्यालय पनि क्रमशः खोल्न थालिएको जनाइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);