चीनको वुहानमा रहेका नेपालीलाई स्वदेश फर्काउन देउवाको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

चीनको वुहानमा रहेका नेपालीलाई स्वदेश फर्काउन देउवाको माग

oli sarkar asafal-deuba

काठमाडौं, १७ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीनको वुहान प्रान्तमा रहेका नेपाली नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउँदै नेपाल फर्काउन सरकारसँग माग गर्नुभएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै देउवाले चीनमा रहेका विद्यार्थी र नागरिकलाई नेपाल फर्काउन सरकारले चाँसो नदिनु दुःखद रहेको उल्लेख गर्नुभएको छ । कैयौं देशले वुहान सहरबाट आफ्ना नागरिकलाई स्वदेश फर्काइसकेको विवरण आएका छन् ।

तर त्यहाँ रहेका करिब एकसय नेपाली विद्यार्थीसँगै अन्य नेपालीलाई स्वदेश फर्काउन सरकारले कुनै गम्भीरता नदेखाउनु दुःखद र आपत्तिजनक भएको विज्ञप्तिमा उल्लेख छ ।

देउवाले कोरोना भाइरसको संक्रमणबाट जोगाउँदै वुहानका नेपालीलाई यथासिघ्र नेपाल ल्याउने प्रबन्ध मिलाउन सरकारलाई अनुरोध गर्नुभएको छ । उहाँले नागरिकलाई कोरोना भाइरसबाट सजग र सर्तक रहन समेत अपिल गर्नुभएको छ ।

सरकारले विविध माध्यमबाट नागरिक पंक्तिमा व्यापक सूचना संप्रेषण गर्नुपर्ने बिज्ञप्तिमा उल्लेख छ । देउवाले नेपाल प्रवेशका सबै अन्तराष्ट्रिय नाकामा बिशेष हेल्थ डेस्क प्रभावकारी ढंगले संचालन गरी कोरोना भाइरसको नेपाल प्रवेशलाई रोक्न पनि अपिल गर्नुभएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);