बिना कुनै बहानाबाजी अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काउन बाबुराम भट्टराईको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

बिना कुनै बहानाबाजी अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काउन बाबुराम भट्टराईको माग

baburam bhattarai

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका नेता बाबुराम भट्टराईले अफगानिस्तानमा रहेका नेपालीलाई तुरुन्त स्वदेश फर्काउन माग गरेका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेको नेता भट्टराईले अफगानिस्तानमा सुरक्षा संकटमा परेका १४ हजार बढी नेपाली कामदारलाई तुरुन्त स्वदेश फर्काउन सरकारसँग माग गरेका हुन् । उनले विना कुनै आलटाल र बहानबाजी नगरी नेपाली कामदारलाई स्वदेश फर्काउनुपर्ने भट्टराईको माग रहेको छ ।

सरकारले आफ्ना नागरिकलाई त्यसता द्वन्द्वग्रस्त ठाउँमा पठाउन र जाने वातावरण बनाउन नहुने भट्टराईको तर्क छ । यसरी द्वन्द्वग्रस्त ठाउँमा गईसकेपछि तिनको जीवनरक्षा गर्नु राज्यको दायित्व रहेको पनि उनले उल्लेख गरेका छन् ।

उनले लेखेका छन्– ‘अफगानिस्तानमा सुरक्षा संकटमा परेका१४हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन सरकारले आलटालरवहानावाजी गर्नुभएन। पहिलो त त्यस्ता द्वन्दग्रस्त ठाउॅमा आफ्ना नागरिकलाई पठाउन र जाने वातावरण बनाउनै हुदैनथ्यो।गैसकेपछि तिनको जीवनरक्षा गर्नु राज्यको दायित्व हो। किन्तुपरन्तु नहोस् ! ’

यसअघि पनि दुबै संसदमा सांसदहरुले सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई फर्काउनु पर्ने माग केही समय अघिदेखि नै उठाउँदै आएका थिए ।

आफगानिस्तानमा विद्रोही समूह तालिबानले राजधानी काबुलबाहेकका देशका सम्पूर्ण मुख्य शहरहरुमा कब्जा जमाईसकेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);