कोरोनाको उद्गमस्थल वुहानलाई न्युन जोखिम क्षेत्र घोषित | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

कोरोनाको उद्गमस्थल वुहानलाई न्युन जोखिम क्षेत्र घोषित

wuhan

एजेन्सी, ८ वैशाख । चीनले कोरोना भाइरसको उद्गमस्थल वुहानलाई भाइरसको कम जोखिमयूक्त क्षेत्र घोषणा गरेको छ । चीनको स्टेट काउन्सिलको जोखिम मापदण्ड अनुसार पछिल्लो १४ दिनमा नयाँ कोरोना भाइरस नदेखिएमा कम जोखिम क्षेत्रमा पर्ने भएकोले वुहानलाई कम जोखिमयूक्त क्षेत्र घोषणा गरिएको हो ।

लकडाउन हटाएको १२ दिनपछि वुहान शहरलाई कम जोखिम भएको क्षेत्रमा राखिएको हो । गत वर्ष डिसेम्बरमा वुहानमा पहिलो पटक देखा परेको कोरोना भाइरस बाट चीनमा ८२ हजार ७ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ भने ज्यान गुमाउनेको संख्या ४ हजार ६ सय ३२ पुगेको छ ।

विश्वमा कोरोना भाइरसबाट १ लाख ६५ हजार भन्दाबढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या २४ लाख नाघेको छ । सबैभन्दा बढी अमेरिकामा ७ लाख ६४ हजार संक्रमित हुँदा ४० हजार भन्दाबढीको मृत्यु भइसकेको छ । अहिलेसम्म ६ लाख २९ हजार भन्दाबढी कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

इटालीमा २३ हजार ६ सय जनाको ज्यान लिइसकेको कोरोनाका कारण स्पेनमा २ हजार ४ सय , फ्रान्समा १९ हजार ७ सय र बेलायतमा १६ हजार भन्दाबढीको मृत्यु भइसकेको छ । भारतमा १७ हजार ६ सय भन्दाबढी कोरोना संक्रमित भेटीँदा ५ सय ५९ जनाको मृत्यु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);