इरानमा मूल्यवृद्धिको विरोधमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

इरानमा मूल्यवृद्धिको विरोधमा प्रदर्शन

एजेन्सी । इरानमा मूल्यवृद्धिको विरोधमा शुरु भएको प्रदर्शन सरकारको नीति तथा धर्मगुरुबाट गरिने शासनविरुद्ध केन्द्रीत भएको छ ।

देशको दोस्रो ठूलो उत्तर पूर्वी शहर मस्सदबाट सुरु भएको प्रदर्शन देशका विभिन्न शहरमा फैलिएको छ । सरकार र राष्ट्रपति हसन रुहानीविरुद्ध उत्तरमा राश्ट र पश्चिममा केरमनशा शहरमा सयौं मानिस प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनमा सरकारका नीति विरुद्ध चर्का नारा लगाइएको छ । सर्वोच्च नेता अयातुल्लाह अलि खामेनी र धर्म गुरुहरुबाट गरिने शासनविरुद्ध पनि नारा लागेको छ ।

एस्फहान, हमादानलगायत अन्य क्षेत्रमा पनि सानातिना प्रदर्शनहरु भएको बताइएको छ । प्रदर्शनमा उत्रिएका मध्ये कडा नारा लगाएको भन्दै ५२ जना प्रदर्शनकारीलाई राजधानी तेहरानमा पक्राउ गरिएको छ । अमेरिकाले प्रदर्शनकारीलाई पक्राउ गरिएकामा निन्दा गर्दै इरानी जनताले आधारभूत अधिकार र भ्रष्टाचार अन्त्यका लागि गरेको मागलाई सार्वजनिक रुपमा समर्थन गर्न आह्वान गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);