'प्राकृतिक स्रोत तथा वित्तिय आयोग गठन गर्न सरकारको ध्यानाकर्षण' | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

‘प्राकृतिक स्रोत तथा वित्तिय आयोग गठन गर्न सरकारको ध्यानाकर्षण’

arthik samiti

काठमाडौं, २७ साउन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तिय आयोग तत्काल गठन गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । अर्थ समितिको आइतबारको बैठकमा सांसद डाक्टर बाबुराम भट्टराईले तत्काल राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तिय आयोग गठन गर्न सरकारको ध्यानाकर्षण गराए ।

आर्थिक क्षेत्रको कार्यान्वयनका लागि मुख्य निकाय आयोग भएकाले आयोग गठनमा ढिलाइ गर्ननहुने उनको भनाइ छ । पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले आयोग गठन नभएकै कारण संघीयता कार्यान्वयनको काम अस्तव्यस्त हुने अवस्थामा पुगेको तर्क गरे ।

सांसद महेश बस्नेतले सार्वजनिक खरिद ऐन संशोधन गर्न ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराए । उनले आर्थिक वर्ष असार मसान्त नभई चैत्र मसान्तमा सार्न सुझावसमेत दिए ।

बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले असारको अन्तिममा आएर बजेट खर्च गर्ने परिपाटी अन्त्यका लागि सरकारले बजेट कार्यान्वयन कार्यतालिका बनाएर काम अघि बढाएको स्पष्ट पारे । सरकारले राजस्व असुली बढाउन करको दायरा बढाउने र राजस्व चुहावट नियन्त्रणको नीति लिएको उनको भनाइ छ । उनले संघीयता कार्यान्वयनका लागि विश्व बैंक र एशीयाली विकास बैंकले पनि आवश्यक रकम उपलब्ध गराउने विश्वास व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);