बेलायतमा कायरा आँधीका कारण हजारौं प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

बेलायतमा कायरा आँधीका कारण हजारौं प्रभावित

storm ciara

एजेन्सी, २७ माघ । बेलायतमा आएको कायरा आँधीका कारण मुलुकभर हजारौं प्रभावित भएका छन् । कायरा आँधीसंगै भएको वर्षाका कारण बेलायतका प्राय सडक अवरुद्ध भएका छन् भने विमानस्थलहरु पनि बन्द गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

आँधीले बिजुलीका पोल र रुख ढलेर सडक अवरुद्ध भएको छ । आँधीका कारण सबैभन्दा बढी इङल्याण्ड र वेल्स राज्य प्रभावित भएका छन् । आँधीले रेल सेवाहरु पनि अवरुद्ध भएको छ भने विभिन्न खेलकुद प्रतियोगिताहरु पनि प्रभावित भएका छन् ।

आँधीको प्रभाव बढ्दै गएकाले तटीय क्षेत्रमा सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । विभिन्न उर्जा कम्पनीमा पनि क्षति पुगेको कारण विद्युत आपूर्ती पनि प्रभावित भएको बताइएको छ ।

इंग्ल्याण्डका १ सय ५०, स्कटल्याण्डका ५० र वेल्सका १५ स्थानमा बाढी आउन सक्ने सुचना जारी गर्दै बेलायत सरकारले स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);