इन्डोनेसियामा शक्तिशाली भूकम्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

इन्डोनेसियामा शक्तिशाली भूकम्प

एजेन्सी,१२ भदौ । इन्डोनेसियाको बाली सागर क्षेत्रमा मंगलबार भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता रिक्टर स्केलमा ७.० मापन गरिएको थियो । समाचार एजेन्सी रोयटर्सले युरोपेली–मेडिटेरेनियन सिस्मोलॉजिकल सेन्टर लाई उद्धृत गर्दै यो जानकारी दिएको हो।

भूकम्पका कारण के कति हताहत भएका EMSC ले भूकम्पको केन्द्र इन्डोनेसियाको मातारामबाट २०३ किलोमिटर उत्तरमा र पृथ्वीको सतहबाट ५१६ किलोमिटर गहिराइमा रहेको बताएको छ ।

तर, इन्डोनेसियामा गएको यो भूकम्पको तीव्रता अमेरिकी भूगर्भ सर्वेक्षणले मापन गरेको छ । यद्यपि अमेरिकी सुनामी चेतावनी प्रणालीले गहिरो समुद्री भूकम्पका कारण उक्त क्षेत्रमा सुनामीको खतरा नरहेको जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);