पहिलो पटक राजधानी बाहिरको भ्रमणमा निस्किए जनरल कमाण्डर बुर्हान | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

पहिलो पटक राजधानी बाहिरको भ्रमणमा निस्किए जनरल कमाण्डर बुर्हान

एजेन्सी,११ भदौ । सुडानको सार्वभौम परिषद्का अध्यक्ष एवं सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमाण्डर अब्देल फताह अल बुर्हानले पूर्वी सुडानको रेड सी राज्यको राजधानी पोर्ट सुडानको भ्रमण गर्नुभएको छ ।

अप्रिलमा युद्ध शुरु भए यता उहाँ पहिलो पटक बाहिरी क्षेत्रको भ्रमणमा निस्किनुभएको हो । उहाँले सो अवसरमा उत्तरको ओमदुरमान शहरमा रहेको सेनाको चौकीहरुको निरीक्षण गर्नुभएको थियो ।

सुडानमा अप्रिल १५ देखि खार्तुम र अन्य क्षेत्रहरुमा एसएएफ र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच झडप भइरहेको छ । जसमा ३ हजार भन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ भने ६ हजार बढी घाइते भएका छन् ।

File photo

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);