एजेन्सी, १८ माघ ||
सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमाण्डर अब्देल फताह अल–बुर्हानले “विद्रोहलाई शान्त नपारेसम्म सुडानमा कुनै राजनीतिक प्रक्रिया हुन नसक्ने बताउनुभएको छ । संक्रमणकालीन सार्वभौमसत्ता परिषद्का प्रमुख पनि अल–बुरहानले सेन्नारको मध्य शहरमा रहेको ब्लू नाइल सैन्य आधारमा अधिकारी र सैनिकहरूलाई सम्बोधन गर्दै उक्त टिप्पणी गर्नुभएको हो । उहाँले बिद्रोह परास्त नभएसम्म राजनीतिको बारेमा कुनै सहकार्य नहुने बताउनु भयो । अल–बुर्हानले विद्रोह अन्त्य गर्ने र मानिसहरूलाई आफ्नो घर फर्कन अनुमति दिने सेनाको दृढ संकल्प व्यक्त गर्नुभयो ।




