हामीलाई वाह्य हस्तक्षेप स्वीकार्य छैन : सुडानी कमाण्डर बुर्हान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

हामीलाई वाह्य हस्तक्षेप स्वीकार्य छैन : सुडानी कमाण्डर बुर्हान

एजेन्सी, १७ भदौ । सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमाण्डर अब्देल फताह अल बुर्हानले सुडानले वाह्य हस्तक्षेप स्वीकार्य नहुने बताउनुभएको छ ।

शनिवार उहाँले जनता र सुडानी सेना वाह्य शक्तिलाई पराजित गर्न लागिपर्ने बताउनुभएको हो । उहाँले सेना र जनता बिद्रोहलाई परास्त गर्न सहमत भएको बताउँदै आफूहरुलाई वाह्य शक्तिले निर्देशन दिएको कुरा मन नपर्ने बताउनु भयो । उहाँले सुडानमा भएको घटनाले देशमा व्यवसायिक सेनाको आवश्यकता प्रमाणित भएको बताउनु भयो ।

सुडानमा अप्रिल १५ देखि खार्तुम र अन्य क्षेत्रमा एसएएफ र आरएसएफबीच सशस्त्र झडप भइरहेको छ । जसमा ३ हजार बढी मानिसहरु मारिएका छन् भने ६ हजार बढी घाइते छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);