सुडानी सेना र अर्धसैनिक बलबीचको भिडन्तमा ३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सुडानी सेना र अर्धसैनिक बलबीचको भिडन्तमा ३ जनाको मृत्यु

death body

काठमाडौं, २९ कात्तिक । सुडानी सेना र अर्धसैनिक बलहरुबीच खार्तुमको दक्षिणमा रहेको एयर बेसमा भिडन्त भएको छ । सुडानी सशस्त्र बल र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सबीच सुडानको राजधानी खार्तुमको दक्षिणमा रहेको एयर बेसलाई नियन्त्रण गर्नका लागि भीषण झडप भएको हो ।

झडपहरू ह्वाइट नाइल राज्यको छेउमा रहेको खार्तुमबाट ५० किलोमिटर दक्षिणमा रहेको जबल अवलिया क्षेत्रमा रहेको अल–नुजौमी एयर बेसको वरिपरि केन्द्रित भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । “झडपमा तीन जनाको मृत्यु भएको छ र अन्य १५ जना घाइते भएका छन् । यसैबीच, आरएसपीले अल–नुजौमी एयर बेस कब्जा गरेको दाबीलाई जवाफ दिँदै, एसएफले बेस अझै पनि आफ्नो नियन्त्रणमा रहेको बताएको छ ।

अप्रिल १५ देखि खार्तुम र अन्य क्षेत्रहरूमा एसएएफ र आरएसपीबीच घातक झडपहरू भइरहेका छन् । अक्टोबरसम्म ९ हजार मानिसहरूको मृत्यु भएको छ । सुडान भित्र र बाहिर ६० लाख भन्दा बढी बिस्थापित भएका छन् । २५ मिलियनलाई सहायताको आवश्यकता छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);