इजिप्ट, इथियोपिया र सुडानबीच पुनः वार्ता शुरु | ईमाउण्टेन समाचार

Our Network

असार ३२ २०८१, सोमबार

इजिप्ट, इथियोपिया र सुडानबीच पुनः वार्ता शुरु

एजेन्सी, ११ भदौ । इजिप्टको जल तथा सिंचाई मन्त्रालयले ग्राण्ड इथियोपिया पुनःजागरण बाँध (जिईआरडी) को सम्बन्धमा लामो समयदेखि भइरहेको विवाद समाधानका लागि संवाद शुरु गरेको छ ।

आईतवार इजिप्ट, इथियोपिया सुडानबीच समस्या समाधानका लागि छलफल शुरु भएको हो । इजिप्टका जलश्रोत तथा सिंचाईमन्त्री हानी सेविलमले इथियोपियाको नाइल नदीको खण्डमा बनेको बाँध सञ्चालन गर्न सहमति हुनुपर्ने जोड दिँदै सम्झौताले तीन वटै देशको हीत र चासोलाई ध्यानमा राख्नुपर्ने बताउनु भयो ।

तीन देशको सहमति बिना बाँध सञ्चालन गर्नु तीन देशले सन् २०१५ मा हस्ताक्षरको उल्लंघन हुने बताए । इथियोपियाले इजिप्ट र सुडानको बिरोधका बाबजुद सन् २०२० मा बाँध सञ्चालन गरेको थियो । जसले अन्ततः २०२१ बाट त्रिपक्षीय वार्ता हुन सकेको थिएन । इथियोपियाले सन् २०११ मा यो बाँध परियोजना शुरु गरेको थियो । यसबाट ६ हजार मेगावाट भन्दा बढी बिजुली उत्पादन गर्ने अपेक्षा गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);