आणविक केन्द्रबाट पानी छोडेपछि जापानलाई चीनको धम्की | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

आणविक केन्द्रबाट पानी छोडेपछि जापानलाई चीनको धम्की

टोकियो, ११ भदौ । पछिल्लो समय चीन र जापानबीच तनाव बढ्दै गएको छ । यसपटक जापानले प्रशान्त महासागरमा रहेको फुकुसिमा आणविक प्लान्टबाट पानी छोडेपछि यो तितोपन बढेको हो । जापान सरकारका प्रवक्ताले सोमबार भने, ‘चीनको यो रवैया एकदमै गलत छ ।’

जापानले पानी छोडेपछि चीनले धेरै धम्कीपूर्ण फोन गरेको बताएको छ । जापानले चीनले यस्तो व्यवहार गरेकोमा अत्यन्तै खेदजनक रहेको बताएको छ ।

फुकुसिमा आणविक उर्जा केन्द्रबाट प्रशान्त महासागरमा प्रशोधित रेडियोधर्मी पानी छोडेको सम्बन्धमा चीनबाट उत्पीडनको धेरै घटनाहरू भएका छन् । मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले एक पत्रकार सम्मेलनमा भने,“चीनबाट आएको उत्पीडन फोन कलहरू गहिरो खेदजनक छ र हामी चिन्तित छौं।“

जापानले बिहीबार पानी छोड्न थाल्यो, फुकुसिमा प्लान्ट बन्द गर्ने दिशामा एक महत्वपूर्ण कदम। सन् २०११ मा आएको शक्तिशाली भूकम्पपछि सुनामी आएपछि जापानले ट्रिपल पल्टडाउनको सामना गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);