जोखिमपूर्ण अवस्थामा रहेको बस्ति जोगाउन तटबन्ध निर्माण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

जोखिमपूर्ण अवस्थामा रहेको बस्ति जोगाउन तटबन्ध निर्माण

सर्लाही । सर्लाहीको पश्चिमक्षेत्रमा पर्ने कौडेना गाउँपालिका-६ सक्रौल स्थितमा रहेको लखनदेही नदीले बाँध कटान गर्न थालेपछि  कमजोर भएर  जोखिमपूर्ण अवस्थामा रहेको तटबन्धलाई नेपाल प्रहरीको विशेष समन्वयमा निर्माण भएको छ ।

विभिन्न समयमा आएको बाढिले सक्रौल स्थितमा रहेको लखनदेही खोलाले करिब ८०% बाँध कटान गरी अत्यन्त कमजोर एंव जोखिमपूर्ण अवस्थामा पुर्यािएकोले उक्त स्थानमा बुधबार जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका पदाधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल नेपालका २५/२५ जनाको टोली सहित, जनता तटबन्ध कार्यक्रम कार्यालयका पदाधिकार स्थानिय जनप्रतिनिधी, स्थानियबासीहरु गरी एक सय जनाको  सक्रिय सहभागितामा बाँध निर्माण गरिएको हो ।

बाँध फुटेमा कौडेना गा.पा. ६ र ७ स्थित सक्रौल तथा शिवनगरमा रहेका करिब १५० भन्दा बढी घरधुरी तथा खेतीयोग्य जमिनहरुमा बाढी पसी क्षती पुग्न सक्ने देखिएको थियो ।बाँध निर्माण पश्चात स्थानीय जनप्रतिनिधि एवं स्थानीय बासीहरु सुरक्षाकर्मीहरुले जोखिमपूर्ण अबस्थामा रहेको बस्तिलाई बाँध निर्माण गरी अविस्मरणीय एंव पुण्ड्य कार्य गरेको बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);