सीमा नजिकका सडक, बाँध, तटबन्ध तत्काल हटाउन सरकारलाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

सीमा नजिकका सडक, बाँध, तटबन्ध तत्काल हटाउन सरकारलाई निर्देशन

काठमाडाैं, २९ असार। संसदीय समितिले सीमा नजिक बनेका सडक, बाँध, तटबन्ध लगायतका भौतिक संरचनाहरु तत्काल हटाउन सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अन्तर्राष्ट्रिय मापदण्ड विपरित सीमा नजिकैका क्षेत्रहरुमा निर्माण भएका सडक, बाँध, तटबन्ध लगायतका भौतिक संरचनाहरुलाई तत्काल हटाउन पहल गर्न गृह मन्त्रालयलाई सोमबार निर्देशन दिएको हो ।

सीमा नजिक भारतीय संरचनाहरुले नेपाल तर्फ डुवान परेकोले त्यस्ता संरचनाहरुलाई तत्काल हटाउनुपर्ने समिति सभापति शशी श्रेष्ठले बताउनुभयो । समितिले बाढी पहिरो र डुबानको असरलाई तत्काल व्यवस्थित गर्न तथा वेपत्ता भएकाहरुको तत्काल खोजी उद्दार गर्न तथा र बाढीबाट प्रभावितहरुलाई विभिन्न तहको समन्वयद्धारा एकद्धार प्रणालीमार्फत राहत उपलब्ध गराउन समेत निर्देशन दिएको छ ।

समितिले बाढी प्रभावित क्षेत्रहरुमा स्वास्थ्य सेवा तथा सरसफाई, सर्पद्धंश तथा अन्य औषधि उपचारको आवश्यक व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ । यस्तै नेपालमा बन्दै गरेका लोकमार्गको बैज्ञानिक व्यवस्थापन गरी राजमार्ग जोडने सडकहरु, पानीधारालाई समानान्तर बनाउने, रेलमार्ग तथा सडकमा निश्चित दुरीमा पानीको निकासका लागि साइफन कलभर्ट र सडक किनारमा नालाहरु अनिवार्य बनाउने व्यवस्था गर्न समेत निर्देशन दिएको छ ।

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

७ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

७ घन्टा अघि

Duel Bet: The Casino Showdown

७ घन्टा अघि