ग्वाटेमाला र मेक्सिकोमा शक्तिशाली भूकम्प | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

ग्वाटेमाला र मेक्सिकोमा शक्तिशाली भूकम्प

मेक्सिको सिटी,४ जेठ । मेक्सिको र ग्वाटेमालामा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । रिपोर्टहरूका अनुसार, ६.४ म्याग्निच्युडको भूकम्पले मध्य अमेरिकी राष्ट्र र दक्षिणी मेक्सिकोका केही भागहरूलाई हल्लाएको हो । यद्यपी भूकम्पबाट कुनै क्षति नभएको बताइएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणले २५२ किलोमिटर (१५६.६ माइल) गहिराइमा ६.४ म्याग्निच्युडको भूकम्प आएको र यसको केन्द्रबिन्दु ग्वाटेमालाको क्यानिला नगरपालिकाबाट २ किलोमिटर दक्षिणपूर्वमा रहेको बताएको छ । युएसजीएसले उक्त भूकम्प ६ दशमलव ४ रेक्टर स्केलको रहेको जनाएको छ ।

ग्वाटेमालाको प्राकृतिक प्रकोप एजेन्सीले भूकम्पबाट तत्काल कुनै क्षति नभएको बताएको छ । यसैबीच, दक्षिणी मेक्सिको राज्य चियापासका नागरिक सुरक्षा अधिकारीहरूले भने कि सम्पत्तिमा कुनै क्षति नभएको छ। छिमेकी देश एल साल्भाडोरले भूकम्पबाट सुनामीको खतरा नरहेको ट्विट गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);