दक्षिणी मेक्सिकोमा शक्तिशाली भूकम्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

दक्षिणी मेक्सिकोमा शक्तिशाली भूकम्प

एजेन्सी,  ५ फागुन । दक्षिणी मेक्सिकोको वहाका राज्यमा शक्तिशाली भूकम्प गएको छ । ७ दशमलव २ म्याग्निच्युडको भूकम्पबाट भएको हताहतीको विवरण भने प्राप्त भएको छैन ।

भुकम्पले वहाका राज्यबाट झण्डै तीन सय किलोमिटर टाढा मेक्सिको सिटीमा रहेका भवनहरू समेत हल्लाएको थियो । भूकम्पको धक्का महसुस भएपछि मेक्सिको सिटीमा हजारौं मानिसहरू अत्तालिएर सडकमा निस्किएका थिए । उनीहरू एक अर्कालाई अंकमाल गर्दै रोएको र अंगालो हालेर बसेको तथा कतिपय अन्योलग्रस्त अवस्थामा रहेको अन्र्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

पछिल्लो धक्का महसुस हुँदा धेरैले गएको सेप्टेम्बर महिनाको जस्तै विनाशकारी भूकम्प आएको आशंका गरेका थिए। त्यसबेलाको भूकम्पमा झण्डै चार सयजनाले ज्यान गुमाएका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);