होस्टेलमा भीषण आगलागी,छ जनाको ज्यान गयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

होस्टेलमा भीषण आगलागी,छ जनाको ज्यान गयो

एजेन्सी, २ जेठ । न्यूजिल्याण्डको एक चार तले होस्टेलमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एपीले प्रधानमन्त्री क्रिस हिपकिन्सलाई उद्धृत गर्दै यस घटनाको जानकारी दिएको हो।

प्रधानमन्त्री क्रिस हिपकिन्सले एएम मर्निङ न्युज कार्यक्रममा वेलिंग्टन आगलागीमा ६ जनाको मृत्यु भएको पुष्टि भएको र यो संख्या बढी हुन सक्ने बताए । प्रहरीले मृतकको यकिन संख्या नआएको तर यो संख्या १० भन्दा कम भएको अनुमान गरेको छ ।

वेलिंग्टन फायर एण्ड इमर्जेन्सीका जिल्ला प्रबन्धक निक प्याटले ५२ जना होस्टेलमा फसेको थाहा भए पनि यो संख्या बढी हुन सक्ने बताए । प्याटले भने कि म दुःखका साथ भन्न सक्छु कि यो ठूलो घटना हुनेछ । यस घडीमा हामी यस घटनामा ज्यान गुमाउनेहरूका परिवारसँग छौँ । उनले भने,‘हाम्रा कर्मचारी उद्धार कार्यमा जुटेका छन् र त्यहाँ फसेका मानिसलाई बचाउने प्रयास गरिरहेका छन् ।’

साथै, प्रहरीले आगलागीको कारण नखुलेको र आकस्मिक अधिकारीहरूसँग यस विषयमा अनुसन्धान गर्ने बताएको छ । वेलिंग्टनमा अवस्थित लोफर्स लज मानिसहरूलाई बस्नको लागि सस्तो ठाउँ हो । यसमा जम्मा ९२ कोठा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);