चीनद्वारा बिबिसी वर्ल्ड सर्विस टेलिभिजनको प्रसारणमाथि रोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

चीनद्वारा बिबिसी वर्ल्ड सर्विस टेलिभिजनको प्रसारणमाथि रोक

एजेन्सी, ३० माघ । चीनले बिबिसी वर्ल्ड सर्विस टेलिभिजनको प्रसारणमाथि रोक लगाएको छ । चीनले आफ्नो देशभित्र बिबिसी वर्ल्ड सर्विस टेलिभिजन प्रसारणमा रोक लगाएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

बिबिसीले अनुचित र असत्य पत्रकारिता गरिरहेको आरोप लगाउँदै टेलिभिजन प्रसारणमा रोक लगाइएको चीनले जनाएको छ । हालै चीनले बिबिसीको कोरोना महामारी र शिनजियांगमा मुसलमानमाथि भएको शोषणमाथि प्रसारण भएको रिपोर्टको आलोचना गरेको थियो ।

बिबिसीले चीनमा टेलिभिजन प्रसारणमा रोक लगाइएको घटनाप्रति खेद व्यक्त गरेको छ । बेलायतको विदेश मन्त्रालयले पनि चीनमा इन्टरनेट र मिडियामाथि सबैभन्दा धेरै प्रतिबन्ध गरिएको भन्दै यो कार्यले विश्वमा चीनको साख गिरेको बताएको छ ।

अघिल्लो हप्ता ब्रिटेनको मिडिया नियामक निकायले पनि चीनको सरकारी नियन्त्रणमा रहेको च्यानलको प्रसारण लाइसेन्स निलम्बित गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);