बीबीसीको दिल्ली कार्यालयमा आयकर विभागको छापा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ५ २०८३, बिहीबार

बीबीसीको दिल्ली कार्यालयमा आयकर विभागको छापा

एजेन्सी । नयाँ दिल्लीस्थित ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को कार्यालयमा आयकर विभाग (आईटी)ले छापा मारेको छ । ६० देखि ७० जना आईटीको संलग्न टोलीले बीबीसीको दिल्ली कार्यालयमा पुगेर छापा मारेको हो । कारबाहीका क्रममा कर्मचारीको फोन स्वीच अफ गरिएको स्रोतले जनाएको छ । यससँगै क्याम्पमा कसैलाई पनि आउन र जान रोक लगाइएको छ ।

आयकर विभागका स्रोतका अनुसार बीबीसीलाई अन्तर्राष्ट्रिय करमा अनियमितता गरेको आरोप लागेको छ । यसबारेमा सर्वेक्षण भइरहेको छ । यद्यपि यस छापा मार्ने सम्बन्धमा आयकर विभाग वा बीबीसीबाट कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन। यहाँ, कांग्रेसले ट्वीट गर्दै यसलाई अघोषित संकटकाल भनेको छ।

ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन (बिबिसी) वर्ल्ड सर्भिस टेलिभिजन बेलायती सरकारी संस्था हो। यसले ४० भाषाहरूमा समाचार प्रसारण गर्दछ। यो युके संसदको अनुदानद्वारा वित्त पोषित छ । यसको व्यवस्थापन विदेश र राष्ट्रमंडल कार्यालय मार्फत गरिन्छ। यो डिजिटल, संस्कृति, मिडिया र खेलकुद विभाग अन्तर्गत काम गर्दछ। बीबीसी सन् १९२७ मा शाही बडापत्र अन्तर्गत सुरु भएको थियो।

Leave a Reply

ताजा समाचार