ट्रम्पका निजी बकिलको कार्यालय तथा घरमा एफबिआईको छापा | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

ट्रम्पका निजी बकिलको कार्यालय तथा घरमा एफबिआईको छापा

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका निजी वकिल रहनुभएका रुडी जुलियानीको कार्यालय तथा घरमा संघीय अनुसन्धान ब्यूरो एफबिआईले छापामारेको छ ।

बुधबार न्यूयोर्क सिटीका पूर्व मेयर जुलियानको अपर इस्ट साइड अपार्टमेन्ट तथा पार्क एभिन्यू कार्यालयमा एफबिआईले छापा मारेको हो । युक्रेनसँगको सम्बन्धलाई लिएर जुलियानीमाथि अनुसन्धान गरिरहेको समयमा उनको घर तथा कार्यालयमा छापा मारिएको बताइएको छ ।

सन् २०२० को राष्ट्रपतीय चुनावअघि जुलियानीको नेतृत्वमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन र उनका छोरा हन्डर बाइडेन सम्बन्धी घातक जानकारी खोजी गरिएको थियो । जुलियानीका वकिलअरुले भने त्यसक्रममा कुनै पनि कानून उल्लंघन नगरिएको दाबी गर्दै आएका छन् ।

सन् २०१९ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आफू पुनः निर्वाचित हुने सम्भावना बढाउनका लागि युक्रेनसँग सहयोग मागेको आरोपमा महाअभियोग लागेको थियो । ७६ वर्षका जुलियानका विभिन्न इलेक्ट्रोनिक सामग्री एफबिआईले जफत गरेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);