आज विश्व टेलिभिजन दिवस, विश्वभर मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

आज विश्व टेलिभिजन दिवस, विश्वभर मनाइँदै

world tv diwas

काठमाडौं, ५ मंसिर । आज विश्व टेलिभिजन दिवस, विश्वभर मनाइँदैैछ । १७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक बर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार आजको दिनमा यो दिवस मनाउने गरिएको हो ।

सन् १९३० को दशकमा प्रसारण शुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त संचारको माध्यमका रुपमा लिइन्छ । टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रशारण गरेको पाइन्छ ।

सन् १९५४ देखि रंगिन टेलिभिजनको विकास भई रंगीन दृष्यहरु हेर्न सकिने अवस्था आएको हो । सन् १९७० को दशकमा विश्वका ६० वटा मुलुकमा टेलिभिजनको प्रत्यक्ष सेवा विस्तार भयो । नेपालमा भने २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएसँगै टेलिभिजनको सुरुवात भएको हो । अहिले नेपालमा एकदर्जन बढि टेलिभिजन च्यानलहरु नियमित प्रसारणमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);