भारतीय केन्द्रीय रक्षामन्त्री श्रीपाद नाइक सवारी दु्र्घटना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

भारतीय केन्द्रीय रक्षामन्त्री श्रीपाद नाइक सवारी दु्र्घटना

एजेन्सी, २८ पुष । भारतीय केन्द्रीय रक्षामन्त्री श्रीपाद नाइक सवारी दु्र्घटनामा पर्नुभएको छ । सोमबार कर्नाटकको अंकोलामा मन्त्री नाइकको कार दुर्घटना हुँदा उहाँकी पत्नी विजया नाइक र स्वकीय सचिवको मृत्यु भएको छ । दुर्घटनामा मन्त्री नाइक गम्भीर घाइते हुनुभएको छ ।

मन्त्री नाइकको अंकोला जिल्ला अस्पतालमा उपचार भैरहेको र अवस्था स्थिर रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । मन्त्री नाइक पत्नीसहित गोकर्ण गइरहेका बेला येल्लापुर र गोकर्णबीचको सडक खण्डमा कार दुर्घटना भएको हो ।

नाइक सवार कार कर्नाटकको येल्लापुरस्थित गणपति, कवादिकरे, पंडवासी ग्राम, दीवी मन्दिर र ईश्वर मन्दिरमा पुजा गरेर फर्किदा दुर्घटनामा परेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);