सेलका नाममा उपभोक्ता ठग्ने दरबार मार्गका चार पसल सिलबन्दी | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

काठमाडौँ, १९ भदौ । काठमाडौंको दरबारमार्गमा रहेका ब्राण्डेड शपले सेलका नाम दिइ उपभोत्ता ठगेको पाइएको छ ।

 

सोमबार आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक सहितको टोलीले गरेको अनुगमनमा सेलको नाममा उपभोक्तालाई बढी रकम असुलेर सामान बिक्री गरेको पाइएको छ ।

 

अनुगमनमा २ हजार ६ सय पर्ने नाइक ब्राण्डको जुत्तालाई २६ हजारसम्म नाफा खाएर बिक्री गरिएको पाइएको छ ।

 

मुल्यमा ५० प्रतिशत छट भनिए तापनि ९ सय देखि २३ प्रतिशतसम्म नाफा खाने गरेको आपूर्ति व्यवस्थापन विभागले जनाएको छ ।

 

ती पसलले सामानसँग सम्बन्धित बिल तथा अन्य कागज देखाउन नसकेपछि उक्त अनुगमन टोलीले सीलबन्दी गरेको हो ।

 

आपुर्ती मन्त्री मण्डलकले उपभोक्ता ठग्ने व्यापारीलाई कडा कारवाही गरिने बताएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);