कार दुर्घटनामा माले महासचिव मैनाली गम्भीर घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कार दुर्घटनामा माले महासचिव मैनाली गम्भीर घाइते

महोत्तरी, १५ फागुन । पूर्वउपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिवासमा दुर्घटना भएको छ । दुर्घटनामा महासचिव मैनाली सख्त घाइते हुनुभएको छ ।

मैनालीको टाउकोमा गहिरो चोट लागेको छ भने दाहिने खुट्टा भाँचिएको छ । मैनाली सहित उहाँको परिवार सवार कार बीपी राजमार्गस्थित महोत्तरीको बर्दिवास नगरपालिका ३ कालापानीमा दुर्घटना भएको हो ।

cp mainali car accident

झापाबाट काठमाडौंतर्फ आउदै गरेको मैनाली परिवार सवार रहेको बा ७ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ७६८० नम्बरको पिकअप आपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मनौलीका छोरा ३० वर्षीय सरोज, बुहारी पूजा ढुंगाना मैनाली,५ वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाइते भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);