रक्षामन्त्री खड्काकी बुहारी र चालकको मुत्यु, शव सुर्खेत लगियो | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

रक्षामन्त्री खड्काकी बुहारी र चालकको मुत्यु, शव सुर्खेत लगियो

बाँके, १७ जेठ । मंगलबार साँझ बाँकेमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका–८ मा भएको सवारी दुर्घटनामा उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्काकी भाईबुहारी डा.सन्जु खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसहित सवार चालक गोरखाका सुवास अधिकारीको पनि मृत्यु भएको छ ।

खड्का सवारी बा १३ च ८२५३ नम्बरको कारलाई मे १ ख ३३३५ नम्बरको बस ठक्कर दिएको थियो । प्रहरीको अनुसार उनीहरुको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

मन्त्री खड्काका भाई अर्थात मृतक सञ्जुकी श्रीमान प्रा.डा डम्बर खड्का भने कर्णाली प्रदेश अस्पतालका निर्देशक हुन् । डम्बर पुर्णबहादुर खड्काको माइला भाइ हुन् । कार दुर्घटनामा ६ जना सामान्य घाइते भएका छन् । सन्जुको शव सुर्खेत लगिएको छ ।
नयाँ घर प्रवेश गरी सन्जु काठमाडौं फर्कदै थिइन् । उनीहरुले विरेन्द्रनगरको इतपुरमा नयाँ घर बनाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);