भारतमा कार दुर्घटना,नेपालगन्जका ६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

भारतमा कार दुर्घटना,नेपालगन्जका ६ जनाको मृत्यु

काठमाडौं, २१ साउन । भारतमा भएको सवारी दुर्घटनामा नेपालगन्जका ६ जना नेपालीको मृत्यु भएको छ ।  भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना सडकमा गाईसँग ठोक्किँदा दुर्घटना भएको बाँके प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी नेपालगन्ज सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय बैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र ६ महिनाकी छोरी श्रीया गुप्ताको मृत्यु भएको हो । यस्तै नेपालगन्जको त्रिभुवनचोकस्थित एस कुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताका छोरा २२ वर्षीय निलान्स गुप्ता र २० वर्षीय छोरी सुनिती गुप्ताको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका गाडी चालक अजय मिश्रको भारतकै स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मृतकको भारतको बहराइचमा परीक्षणपछि शव नेपाल ल्याउनका लागि आवश्यक प्रक्रियाको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);