भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहण आज हुँदै, विमस्टेक सदस्य राष्ट्रका प्रमुख सहभागी | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहण आज हुँदै, विमस्टेक सदस्य राष्ट्रका प्रमुख सहभागी

Modi_winner

काठमाडौं, १६ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि विहिवार शपथ लिँदैछन् ।

मोदीको सपथ ग्रहण कार्यक्रम स्थानीय समयानुसार विहिवार साँझ ७ बजे राष्ट्रपति भवनमा हुने कार्यक्रम रहेको छ । मोदीको शपथग्रहण समारोहमा सहभागी हुनका लागि विभिन्न मुलुकका सरकार प्रमुखलाई आमन्त्रण गरिएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली समेत मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन नयाँ दिल्ली पुग्ने कार्यक्रम रहेको छ ।

मोदीको सपथ ग्रहण कार्यक्रमका लागि विमस्टेक सदस्य राष्ट्रका प्रमुखहरु समेत पुग्नेछन् । मोदीले यसअघि सन् २०१४ मा आफ्नो सथपग्रहणमा सार्क सदस्य देशहरुका नेताहरुलाई निमन्त्रणा गरेका थिए । मोदी दोस्रो कार्यकालका लागि भारतीय प्रधानमन्त्रीमा चुनिनु भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);