अपडेट : तान्जानियामा डुङगा दुर्घटना हुँदा १ सय २६ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अपडेट : तान्जानियामा डुङगा दुर्घटना हुँदा १ सय २६ को मृत्यु

एजेन्सी, ५ असोज । उत्तरी तान्जानियाको भिक्टोरिया तालमा क्षमता भन्दा बढी यात्रु बोकेको डुङगा(फेरि) दुर्घटना हुँदा १ सय २६ जनाको मृत्यु भएको छ भने १ सय ५० भन्दा बढि बेपत्ता भएका छन् । एक सय जनाको जिवितै उद्धार गरिएको छ । बेपत्ता हुनेहरुको खोजीकार्य जारी रहेको छ ।

४ सय भन्दा बढी यात्रु बोकेको एउटा फेरि उत्तरी तान्जानियाको भिक्टोरिया तालमा पल्टिएर दुर्घटना हुँदा १२६ जनाको ज्यान गएको हो । एमभी न्यरी नामक सो फेरी युकोरा टापु नजिकै पल्टिएर बिहीबार दुर्घटना भएको थियो ।

दुर्घटनामा बेपत्ता हुनेहरुको शुक्रबार पनि खोजिकार्य भैरहेको स्थानीय संञ्चारमाध्यमहरुले जनाएका छन् । दुर्घटनामा बाँचेका एक यात्रुले क्षमता भन्दा बढी मानिसहरु चढेकोले फेरि ढल्किएर पल्टिएपछि सो दुर्घटना भएको बताएका छन् ।

दुर्घटना स्थल तान्जानियाको दोस्रो ठुलो सहर मवानजा नजिकै रहेको छ । मानिसहरुको ओहोर दोहोर बढि हुने तर सिमित फेरि हुँदा व्यक्तिहरु जोखिमपुर्ण यात्रा गर्ने गरेका छन् । जसका कारण क्षमता भन्दा बढि यात्रुहरु फेरिमा जर्वजस्ति चढे्ने गरेको बताइएको छ ।

आज भन्दा २२ वर्ष अघि सन् १९९६ मा यसैगरी गरी फेरि दुर्घटना हुँदा ८ सय जनाको मृत्यु भएको थियो । क्षमता भन्दा ५ गुणा बढी यात्रुहरु यसपालि पनि चढेकोले सो दुर्घटना भएको पीडितका परिवारजनले बताउँदै आएका छन् ।

उनीहरुले अबदेखि फेरि संचालनमा कडाई गरी दुर्घटना हुन नदिन सरकार समक्ष माग गरेका छन् । तान्जानियाका सरकारी अधिकारीहरुले फेरि संचालन सम्बन्धि छुट्टै व्यवस्थाको खाँजो औँल्याउँदै त्यसको अनुगमन पनि हुनुपर्नेमा जोड दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);