टर्कीमा फेरि राष्ट्रपतिको निर्वाचन हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

टर्कीमा फेरि राष्ट्रपतिको निर्वाचन हुने

एजेन्सी, १ जेठ । टर्कीमा आइतबार भएको राष्ट्रपतीय निर्वाचनको नतिजा आएको छ । जनताले कुनै पनि पार्टीलाई बहुमत दिएका छैनन् । कश्मीर मुद्दामा पाकिस्तानलाई समर्थन गर्ने रेसेप तैयप एर्दोगनको एकेपीले ४९.४ प्रतिशत मत पाएको छ । अर्कोतर्फ टर्कीको गान्धी भनेर चिनिने कमल केलिकदारोग्लुको पार्टी सीएचपीले ४५.० प्रतिशत मत पाएको छ । जुनसुकै दलले सत्तामा आउन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ ।

टर्कीमा फेब्रुअरीमा गएको भूकम्पको ३ महिनापछि यो निर्वाचन भएको हो । भूकम्पमा ५० हजारभन्दा बढीले ज्यान गुमाएका थिए । अलजजीराका अनुसार २० वर्षदेखि सत्तामा रहेका राष्ट्रपति एर्दोगानलाई जनताले यसका लागि जिम्मेवार ठानेका छन् ।
टर्कीमा पहिलो चरणमा कुनै पनि दलले बहुमत नपाएकाले मे २८ मा पुनः मतदान हुने भएको छ । जसमा २ हप्ता मात्रै छ । न्यूयोर्क टाइम्सका अनुसार एर्डोगानले आफ्ना मतदाताहरूलाई मनाउन यी १४ दिन प्रयोग गर्नेछन्। उनी ११ वर्ष टर्कीको प्रधानमन्त्री र ९ वर्ष राष्ट्रपति भइसकेका छन् ।

यी नतिजालाई २० वर्षको कार्यसम्पादनको परिणामका रूपमा हेरिएको छ । भ्रष्टाचार उन्मूलन र अर्थतन्त्र सुधार गर्ने वाचामा २०११ मा सत्तामा आएका एर्डोगान अहिले निरन्तर डुब्ने अर्थतन्त्र भएको देशको राष्ट्रपति छन्। जसले लोकतन्त्रलाई कमजोर बनाएको आरोप लगाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);