टर्किमा ७ सय बढी अवैध आप्रवासी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

टर्किमा ७ सय बढी अवैध आप्रवासी पक्राउ

एजेन्सी । टर्कीमा सात सय भन्दा धेरै आप्रवासी पक्राउ परेका छन् ।

टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट ७ सय ९ जना अवैध आप्रवासी पक्राउ परेका हुन् । टर्कीमा प्रहरीले आप्रवासीलाई खोज्ने अभियान चलाएको छ ।

जुलाई १५ देखि सुरु भएको अभियानको दश दिनमै इस्तानबुल र वरपरका ११ जिल्लाबाट उनीहरु पक्राउ परेका इस्तानबुल प्रहरी बलले जनाएको छ । पक्राउ परेकाहरु अवैधरुपमा लुकेर बसीरहेका आप्रवासी हुन् ।

पक्राउ पर्नेहरुमध्ये धेरैजसो अफगानिस्तानका रहेका इस्तानबुल प्रहरी बललाई उदृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । अफगानिस्तानमा हिंसाका घटना बढेसँगै शरणार्थीका रुपमा टर्की छिर्नेको संख्या बढ्दै गएको खबरमा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);