उत्तर र दक्षिण कोरियाबीच एकबर्षदेखि बन्द सञ्चारका लागि हटलाइन सेवा सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

उत्तर र दक्षिण कोरियाबीच एकबर्षदेखि बन्द सञ्चारका लागि हटलाइन सेवा सुरु

एजेन्सी । उत्तर कोरिया र दक्षिण कोरियाबीच सञ्चारका लागि हटलाइन सेवा पुनः सुरु भएको छ । गएको वर्षको जुनमा उत्तर कोरियाले एकातर्फि रुपमा बन्द गरेको दुइदेशबीचको हटलाइन मंगलबारबाट पुनः सुरु भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका अनुसार दुवै देशका नेताहरु आपसी विश्वास पुनः स्थापित गरि सहकार्य बढाउन सहमत भएसंगै सञ्चारका लागि हटलाइन सेवा पुनः सुरु भएको हो । गएको अप्रिल यता दुई देशका नेताबिच विभिन्न समयमा पत्राचार भएका थिए ।

दुई देशबिचको सम्मेलनमा सहमति नजुटेपछि उत्तर कोरियाले सन् २०२० को जुनदेखि हटलाइन बन्द गरेको थियो । सञ्चार सेवाका लागि सीमा नजिक स्थापित अन्तर कोरिया कार्यालय उत्तर कोरियाले ध्वस्त पारेको थियो । पछिल्लो सहमति अनुसार स्थानीय समय अनुसार मंगलबार बिहान १० बजेदेखि हटलाइन सेवा सुरु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);