खानेपानीको चरम अभाव रहेको रामेछापको मन्थलीमा लिफ्ट खानेपानी आयोजना सुरु | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८०, शनिबार

खानेपानीको चरम अभाव रहेको रामेछापको मन्थलीमा लिफ्ट खानेपानी आयोजना सुरु

lift khane pani

नवराज श्रेष्ठ
रामेछाप , २४ जेठ । खानेपानीको चरम अभाव रहेको रामेछापको मन्थलीमा लिफ्ट खानेपानी आयोजना सुरु भएको छ । नगरपालिका र स्थानीयको सहयोगमा आयोजना सुरु गरिएको हो । सो आयोजनाबाट २ हजार भन्दा धेरै घरपरिवार लाभान्वित हुने छन ।

रामेछापको मन्थली नगरपालिका वडा नम्बर ११ मा खानेपानी आयोजनाको काम सुरु गरिएको हो । नगरपालिका र स्थानीयको आर्थिक सहयोगमा तामाकोसीको पानी लिफ्ट मार्फत गाउँमा पु¥याउन लागिएको हो । सो खानेपानी आयोजनाबाट २ हजार भन्दा धेरै घरपरिवार लाभान्वित हुने छन् । खानेपानी आयोजना निर्माणका लागि स्थानीय पनि जुटेका छन् ।

मन्थली नगरपालिका वडा नम्बर ११ को नाटिला, माख्लो नाटिला, खमारे, सावा डाँडा र काउलेका स्थानीयहरु खानेपानीको पहँचमा पुग्ने छन् । खानेपानी नहुँदा सो क्षेत्रका स्थानीय बसाइँ सर्न थालेका थिए । खानेपानी आयोजनाको काम सुरु भएकाले बसाइँसराइ रोकिने स्थानीय सरकारको दाबी छ । जनप्रतिनिधिहरुले आयोजनामा सहयोग गर्न केन्द्र सरकारलाई आग्रह गरेका छन् ।

रामेछापको साविकाका २७ भन्दा धेरै गाउँ सुख्खाग्रस्त छन् ।तामाकोसी आसपासका बस्तीमा लिफ्ट खानेपानी आयोजना संचालन गरेपनि अन्य ठाउँमा खानेपानीको चरम अभाव छ । सो क्षेममा पनि खानेपानीको आयोजना अगाडी बढाउनु आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);