ट्रकको ठक्करबाट बालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

ट्रकको ठक्करबाट बालिकाको मृत्यु

banke

बाँके, २२ मंसिर । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । बालिकाको मृत्यु पछि कोहलपुरको स्थिति तनावग्रस्त भएको हो ।

यो घटना आइतबार बिहान कोहलपुर-नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल चोकको हो । मृतक बालिकाको सनाखत भएको छैन । स्कुले बालिकाको मृत्यु भएपछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् । त्यसपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

आक्रोशित समूह र प्रहरीबीच ढुंगा हानाहान भएको थियो । दर्जनौं गाडीहरु बीच सडकमै रोकिादा यात्रुहरु अलपत्र परेका छन् । सडकमा रोकिएका अधिकांश गाडीहरुको सिसा विद्यार्थीहरुले फुटाइदिएका छन् । उनीहरुले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पनि पारेका छन् ।

प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);