उपनिर्वाचनमा अन्तर्घात गर्नेलाई कारवाही गर्ने देउवाकाे चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

उपनिर्वाचनमा अन्तर्घात गर्नेलाई कारवाही गर्ने देउवाकाे चेतावनी

deuba11

उपनिर्वाचनमा पार्टी भित्रैबाट अन्तर्घात भयाे : देउवा

काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनमा अन्तर्घात भएको बताउँदै अन्तर्घात गर्नेलाई कारबाही गर्ने चेतावनी दिनु भएकोछ ।

शनिवार नेपाली कांग्रेस सिद्धार्थनगर नगर समितिको दोश्रो नगर भेला तथा व्हील चियर वितरण कार्यक्रममा सम्बोधन गर्दै सभापति देउवाले पार्टीमा अन्तर्घात रहेसम्म कहिल्यै चुनावमा सफल नहुने जिकिर गर्नु भएको हो ।

अन्तर्घात गर्नेलाई कारबाही नगरेसम्म पार्टीमा सबै कार्यकर्ताहरु मरिमेटेर नलाग्ने र जिताउनकै लागि प्रतिस्पर्धा नहुने बताउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले वर्तमान सरकारले मुलुकको जनताको ईच्छा र आकांक्षालाई पुरा गर्न नसकेको बताउनु भयो।

नेपाली कांग्रेस सिद्धार्थ नगर सभापति दिलिप धितालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर भित्रका ५ जना अपाङ्गहरुलाई व्हील चियर वितरण गरिएको थियो । यस्तै सोही कार्यक्रममा नगर भित्रका अति विपन्न ४४ जना बिद्यार्थीहरुलाई साईकल समेत वितरण गरिएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);