महरालाई थप हिरासतमा राख्न अनुमति माग गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

महरालाई थप हिरासतमा राख्न अनुमति माग गर्ने तयारी

mahara bayan

काठमाडौं, ३ कात्तिक । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको वयान शुरु भएको छ । महराको काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा आइतबार बयान शुरु भएको हो ।

गत असोज १९ गते पक्राउ परेका महराको स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । जसका कारण महराको वयान हुन सकेको थिएन ।आइतवार सरकारी वकिलको कार्यालयमा प्रहरीको उपस्थितिमा बयान शुरु भएको हो ।

सरकारी वकिलले महराको वयान नसकिएका कारण उनलाई थप हिरासतमा राख्न अदालतको अनुमति माग गर्ने तयारी गरेको छ । पुनः म्याद थप गर्ने प्रकृयाका लागि महरालाई प्रहरीले आइतवार विहान ११ बजे सरकारी वकिलको कार्यालयमा लगेको हो । सरकारी वकिलको कार्यालयमा वयान सकिएपछि पुनः म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिनेछ ।

यसअघि असोज २८ गते काठमाडौं जिल्ला अदालतले महरालाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । संसद सचिवालयकी एक जना कर्मचारीमाथि यौन दुर्व्यवहारको किटानी जाहेरी परेपछि प्रहरीले असोज १९ गते महरालाई सभामुख निवासबाट पक्राउ गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);