महरालाई अनुसन्धान गर्न अदालतले दिएको म्याद आज सकिँदै, म्याद थप्न सीआइबीको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

महरालाई अनुसन्धान गर्न अदालतले दिएको म्याद आज सकिँदै, म्याद थप्न सीआइबीको तयारी

काठमाडौं,८ चैत्र । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले दिएको चार दिनको म्याद आज सकिँदैछ ।

महराको बयान नसकिए पुनः म्याद थपका लागि अदालतसँग अनुमति माग्ने तयारी भइरहेको सीआइबीले जनाएको छ । यसअघि बुधबारदेखि सरकारी वकिलसमक्ष महराको बयान सुरु भएको छ । बुधबार नर्भिक अस्पतालबाट सरकारी वकिलको कार्यालय काठमाडौँमा उपस्थित गराइएका महराको आज पनि बयान जारी रहने छ ।

सुन तस्करी प्रकरणमा महरालाई सोमबार पक्राउ गरिएको हो । बुधबार बयानका लागि अस्पतालबाट निस्किएका महरा बयान सकेर पुनः अस्पतालमै भर्ना हुन हुनु भएको हो । काठमाडौं जिल्ला अदालतले बिरामी रहेको भन्दै अस्पतालमा राख्न आदेश दिएपछि महरा नर्भिक अस्पतालमा मै हुनुहुन्छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);