महरालाई अस्पतालमा राख्न अदालतले आदेश दिन मिल्छ ? | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

महरालाई अस्पतालमा राख्न अदालतले आदेश दिन मिल्छ ?

krishana mahara

काठमाडौं,६ चैत्र । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई ४ दिन हिरातमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । न्यायाधीश दुर्गा प्रसाद खनालको इजालसले महरालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी लाई अनुमति दिएको हो ।

जिल्ला अदालत काठमाडौंले महरालाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिँदै स्वास्थ्य अवस्थाका कारण अस्पतालमा राख्न आदेश दिएको छ । उहाँलाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको छ । । सोमबार बिहान रुपन्देहीबाट पक्राउ परेका पूर्व सभामुख महरालाई काठमाडौँ ल्याएर म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो । आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्र उपाध्यक्ष महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिनु भएको थियो ।

उहाँले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै निर्देशन दिएका थिए । भेप प्रकरणमा महरालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने सुनको अवैध पैठारी तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको निष्कर्ष छ । महराका छोरा राहुल यो मुद्दामा अहिले पनि थुनामा छन् ।

भेप प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राहुलबिरुद्ध ‘संगठित तस्करी’ गरेको आरोपमा अनुसन्धान गरेको थियो । यसैबीच उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ परेपछि नेकपा माओवादी केन्द्रले मंगलबार आकस्मिक पदाधिकारी बैठक बोलाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);