मारिएका १० जना नेपाली विद्यार्थीमध्ये इजरायली राजदुतले भेटे आनन्द साहको परिवार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मारिएका १० जना नेपाली विद्यार्थीमध्ये इजरायली राजदुतले भेटे आनन्द साहको परिवार

काठमाडौं,६ चैत्र । गत असोजमा ईजरायलमा आतंकवादी संगठन हमासको आक्रमणमा परी मारिएका १० जना नेपाली विद्यार्थीमध्ये धनुषा सपहीका आनन्द साहको परिवारसँग ईजरायली राजदुत हनान गोदरले भेटघाट गर्नुभएको छ ।

नेपालका लागि ईजराइली राजदुत हनान गोदरले आनन्द साहको परिवारसँग सोमवार भेटघाट गर्नुभएको हो । ईजरायलमा मारिएको धनुषाको लक्ष्मीनियाँ गाँउपालिका वडा नं. ४ सपहीका २२ वर्षीय आनन्द साहको घर पुग्नुभएका ईजराइली राजदुत हनान गोदरले उहाँको परिवारको पीडा र रोदन देखेर आफ्नो मन पनि सम्हाल्न नसकेको बताउनु भयो ।

उहाँले परिवारजनलाई आफूलाई सम्हाल्न आग्रह गर्नुभयो । आनन्दको परिवारलाई एक्लो महशुस नगर्न आग्रह गर्दै उहाँले नेपाली सरकार र सञ्चारमाध्यमहरुले घटनाको विषयमा गरेको हमासको निन्दाका लागि धन्यवाद दिनुभयो । घटना भएको २७ दिन मात्र अगाडि गत भदौ २५ गते ४९ जना नेपाली युवा विद्यार्थीहरुको समूह कृषिमा स्नातकोतर अध्ययन गर्नका लागि इजरायल पुगेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);