इजरायलमा मारिएका सबै नेपाली विद्यार्थीको शव पहिचान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

इजरायलमा मारिएका सबै नेपाली विद्यार्थीको शव पहिचान

काठमाडौं, १४ कात्तिक । तेलअभिभस्थित नेपाली राजदूतावासल प्रेस विज्ञप्ति जारी गर्दै थप २ जना विद्यार्थीको शव पहिचान भएको जनाएको हो । योसँगै इजरायलमा मारिएका सबै नेपाली विद्यार्थीको शव पहिचान भएको छ ।

राजदूतावासका अनुसार सुनसरीका राजेशकुमार स्वर्णकार र धनुषाका आनन्द साहको शव पहिचान भएको हो । यसअघि ८ जना नेपाली विद्यार्थीको शव पहिचान भइसकेको छ । राजदूतावासले पहिचान भएका शवहरू छिट्टै पठाउने व्यवस्था मिलाउने पनि जनाएको छ ।

यसअघि पहिचान भएका डोटीका राजन फुलरा र पदम थापा तथा सल्यानका प्रवेश भण्डारीको शव पनि आउन बाँकी छ । यसअघि राजदूतावासले बझाङका गणेशकुमार नेपाली, दार्चुलाका दिपेशराज विष्ट र लोकेन्द्रसिंह धामी, कैलालीका आशिष चौधरी र नारायणप्रसाद न्यौपानेको शव पठाइसकेको छ ।

अक्टोबर ७ मा हमासको आक्रमणमा परी ‘लर्न एन्ड अर्न’ कार्यक्रममा गएका १० नेपाली विद्यार्थीको मृत्यु भएको हो । । त्यस्तै सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी जारी रहेको पनि राजदूतावासले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);