रुपेश सराफको हत्या : पूर्वशिक्षिकासँगको विवाहेत्तर प्रेमसम्बन्ध | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

रुपेश सराफको हत्या : पूर्वशिक्षिकासँगको विवाहेत्तर प्रेमसम्बन्ध

वीरगञ्ज, १४ कात्तिक । बाराको बाल एकता बोर्डिङ स्कुलका सञ्चालक रुपेश सराफ हत्यामा उनकै प्रेमिकासहितको सम्लग्नता रहेको खुलासा भएको छ । सराफको सोमबार गोली हानी हत्या भएको थियो । सराफको हत्यामा सम्लग्न भएको आशंकामा उनकी प्रेमिका भनिएकी एक महिलासहित ७ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार प्रिन्सीपल सर्राफ एक महिलासँग विवाहेत्तर प्रेम सम्बन्धमा थिए । ती महिलाका अर्का व्वाइफ्रेन्डले सर्राफको हत्या गरेको बुझिएको छ । विवाहित सर्राफसँग प्रेममा रहेकी महिलासँग अर्का एक पुरुष पनि प्रेम सम्बन्धमा रहेको र ती पुरूषले सर्राफलाई आफ्नी प्रेमिकासँग सम्बन्ध तोड्न बारम्बार दबाब दिएका थिए । तर, प्रेममा डुबेका सर्राफले प्रेमिका छाड्न मानेका थिएनन् ।

प्रहरीका अनुसार महिलाका अर्का प्रेमीले गत साउन १३ र भदौ २८ गते पनि सर्राफलाई गोली हान्ने प्रयास गरेका थिए तर सफल हुन सकेन । सर्राफ हत्यामा महिलाले दोहोरो भूमिका निर्वाह गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकी महिलाले अर्का प्रेमीले कि आफूलाई मार्ने कि सर्राफलाई मार्ने धम्की दिएपछि आफूले सर्राफको हत्या गर्न सहयोग गरेको बयान दिएकी छन् । घटना संलग्न दुईजना पुरूष र एकजना महिलालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेकाको परिचय नखुलाएको प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।

बारा प्रहरीले पूर्व शिक्षिकालाई कलैया बजारबाट पक्राउ गरेको हो । सोमबार दिउँसो उनीमाथि विद्यालय नजिकै गोली प्रहार भएको थियो । गोली लागी घाइते सराफको उपचारका क्रममा निधन भएको हो । कलैया घर भएका सराफमाथि २ राउण्ड गोली प्रहार भएको थियो । गोली हान्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

३५ वर्षीय सराफले विद्यालय सञ्चालनमा निकै मिहेनत गरेका थिए । उनको विद्यालयले प्रगति पनि गर्दै गएको थियो । गत वर्ष मात्र विद्यालयले नयाँ बसहरु खरिद गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);