निजगढ विमानस्थल बन्न नदिने षडयन्त्र भइरहेकोले सतर्क रहन काँग्रेसको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

निजगढ विमानस्थल बन्न नदिने षडयन्त्र भइरहेकोले सतर्क रहन काँग्रेसको आग्रह

nijgadh airport

काठमाडौं, १६ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले निजगढ अन्तराष्ट्रिय विमानस्थल बन्न नदिने षडयन्त्र भईरहेको भन्दै त्यसमा सचेत रहन सरकारलाई आग्रह गरेको छ ।

मंगलवार संघीय संसदअन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा नेपाली काँग्रेसका सांसद तथा राष्ट्रिय सभामा बिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले निजगढ अन्तराष्ट्रिय विमानस्थल बन्न नदिन षडयन्त्र भईरहेको दावी गर्दै सचेत रहन सरकारलाई आग्रह गर्नु भएको हो ।

पाण्डेले वातावरणीय प्रभाव मूल्यांकनको नाममा निजगढ अन्तराष्ट्रिय विमानस्थल बन्न नदिन षडयन्त्र भईरहेकोतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले सो विमानस्थल निर्माणका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढनु पर्नेमा जोड दिए।

बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको काममा ढिलाई गर्न नहुनेमा जोड दिए । उनले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणसम्बन्धि विवाद तत्काल समाधान गर्न पनि सरकारलाई सचेत गराए ।

बैठकमा समितिकी सभापति दिलकुमारी रावलले दसैं र तिहारको बीचमा निजगढ अन्तराष्ट्रिय विमानस्थलको स्थलगत अवलोकनका लागि जाने गरी आवश्यक तयारी गर्न सचिवालयलाई निर्देशन दिएकी थिइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);