पूँजी बजारमा किन ओरालो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पूँजी बजारमा किन ओरालो ?

share bazar oralo

काठमाडौं, ७ मंसिर । पछिल्लो समय नेपालको पूँजी बजार ओरालो लागेको विषयमा तातो बहस चलेको छ । करिब ४ बर्षदेखि घटेको बजारले लगानीकर्ता पेनिक मात्र नभएर क्यान्सर पीडित नै भएको लगानीकर्ताको भनाई छ । यस्तो अवस्थामा पनि लगानीकर्ताको समस्या सम्बोधन नगरेकोले नियामक निकायप्रति आम लगानीकर्ता रुष्ट देखिएका छन् भने समस्याको जड नै नियमनकारी निकाय भएको आरोप समेत लगाएका छन् ।

लगानीकर्ताका संघसंगठनहरुले अर्थमन्त्रालयमा बुझाएको प्रतिवेदन कार्यान्वयन गरेमा पूँजी बजारको आम समस्या समाधान हुनेमा लगानीकर्ता विश्वस्त छन् । तर नियमनकारी निकायको कार्यशैली भने चित्तबुझ्दो नभएको गुनासो रहेको छ । पूँजीबजारको नियामक निकायहरु नेपाल स्टक एक्सचेन्जले नेपाल धितोपत्र बोर्ड र नेपाल धितोपत्र बोर्डले अर्थमन्त्रालय देखाएर तातो आलु फालाफाल गर्ने परम्पराले समस्याको समाधान हुन नसकेको पूँजीबजार लगानीकर्ता संघको अध्यक्षको आरोप छ ।

नेप्से इन्डेक्स घट्दा लगानीकर्ताको मनोबल घटिरहेको छ । मनोबल घट्दा साना लगानीकर्ताहरु बजारबाटै विस्थापित हुने अवस्था आएको छ । त्यसैले अब नियमनकारी निकायले गम्भीरताकासाथ आफ्नो भूमिका देखाउने बेला आएको छ ।

यता नेपाल स्टक एक्सचेन्जका कार्यकारी प्रमुख भने नेपाल स्टकले गर्नूृपर्ने कार्य गरिसकेको र अब बजारलाई थप चलायमान र विकास गर्नका लागि विभिन्न योजना ल्याउन लागेको बताउँनुहुन्छ ।

तर नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड भने यो कुरालाई मान्न देखिंदैन । बजारमा माग भन्दा बढी सप्लाई भएका कारण पनि बजार न्युनतम विन्दुमा आएको बोर्डको भनाई छ ।

हाल शेयरबजार मापन गर्ने परिसुचक नेप्से ११ सय २० विन्दुमा कारोबार भइरहेकोछ भने २९ करोड रुपैयाको हाराहारीमा कारोबार भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);