शेयर बजारको समस्या समाधान गर्न सरकारलाई दबाब | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

शेयर बजारको समस्या समाधान गर्न सरकारलाई दबाब

प्रमिला खतिवडा
काठमाडाैं, ३ असाेज । शेयर बजार घटेर तल्लो विन्दुमा झरेपछि लगानीकर्ताहरु अर्थमन्त्री डा युवराज खतिवडाको राजीनामासहित पुन आन्दोलित भएका छन् । यसअघि पनि चारवटै लगानीकर्ताका संघसंगठनहरु पूँजीबजारका सुधारका ५८ बुँदे मागसहित आन्दोलनमा उत्रिएका थिए ।

अर्थमन्त्रालयमा गठित कार्यदलले नियमनकारी निकायलाई कार्य गर्न निर्देशन दिएको थियो । तथापी, यी कार्य गर्न ढिलाई भएको भन्दै पुन आन्दोलित हुनुपरेको लगानीकर्ताको दुखेसो छ । पूँजीबजारको संकट समाधानका लागि लगानीकर्ताको माग तत्काल समाधान गर्न जोड समेत दिइएको छ ।

पूँजी बजारको नियामक निकायहरुको उदासीनताले पूँजी बजार धरासयी भएको भन्दै शेयर लगानीकर्ताहरुको संगठनहरुले प्रधानमन्त्रीलाई समस्या सम्बोधन गर्न आग्रह गरेका छन् ।

चार लगानीकर्ता संगठनहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई पूँजी बजारमा रहेका समस्याहरु सुल्झाउन आग्रह गरेका हुन् । लगानीकर्ताहरुले पूँजीबजारबाट दैनिकजसो नोक्सानी हुँदा पनि सरोकारवाला निकाय अर्थ मन्त्रालय, सेबोन, नेप्से र सिडिएसी गैर जिम्मेबार बनेको लगानीकर्ताको आरोप छ ।

सोही कारण पूँजी बजारको समस्या समाधानको लागि सहयोग गर्न लगानीकर्ताहरुले प्रधानमन्त्रीको समेत ध्यान केन्दि«त गरेका हुन् । लगानीकर्ता यसरी असन्तुष्ट हुनुको कारण अर्थमन्त्री रहेको प्राध्यापक डाक्टर मनोहर कृष्ण श्रेष्ठको भनाई छ ।

यता पूँजी बजारका समस्या समाधान भइरहेको नियमनकारी निकायको दाबी छ । पूँजीबजारका समस्यालाई अल्पकालीन, मध्यकालीन, दीर्घकालीन गरि सुधारका कार्यक्रम कार्यान्वयनको चरणमा रहेको पनि नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

पूँजी बजारको विकास तथा आम लगानीकर्ताहरुलाई बढी भन्दा बढी पूँजी बजारमा ल्याउने गरी विकास निर्माण कार्यमा परिचालन गर्ने वातावरण मिलाउन लगानीकर्ताहरु यतीखेर सरकारसंग विभिन्न मागसहित दबाब दिइरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);