धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

dhitopatra

प्रमिला खतिवडा
काठमाडौं, २२ कात्तिक । करिब १ महिनादेखि पदविहिन रहेको धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्तिका लागि सरकारले सिफारिस समिति गठन गरेको छ । नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिको विषयमा लगानीकर्ता लगायत सरोकारवाला निकायहरुले अहिले निकै नै चासोका साथ हेरिरहेका छन् ।

शेयरबजारका समस्या समाधान गरी निकाश प्रदान गर्ने अभिभावक हुनुपर्ने अहिलेको आवश्यकता र माग रहेको सम्बन्धित निकायले जोड दिएका छन् ।  मुलुकको अर्थतन्त्रको ऐनाको रुपमा रहेको पुँजी बजारको नियामक निकायको नेतृत्वविहीन अवस्था धेरै लामो समय रहन नहुने भन्दै यतिखेर लगानीकर्ता लगायत सरोकारवाला निकाय छिटो भन्दा छिटो अध्यक्ष नियुत्त हुनुपर्नेमा जोड दिइरहेका छन् ।

अध्यक्ष पदका लागि यतिखेर दौडधूप चलिरहेका बेला नयाँ अध्यक्ष चयन गर्दा पुँजी बजारसँग सम्बन्धित दक्ष ज्ञान भएको हुनुपर्ने लगानीकर्ताको माग छ । नेपाल स्टक एक्सचेन्ज नेप्से, सिडिएस एण्ड क्लियरीङ लिमिटेड, ब्रोकर तथा लगानीकर्तालाई नियन्त्रण गर्ने इमान्दार, लामो समयदेखि पूँजीबजारको अध्ययन गरेको, राजनीतिकरण नगरी आर्थिक लेनदेन नभई निस्वार्थ रुपले पूँजीबजारमा समर्पित अध्यक्षको पदको लागि आवश्यकता हुनुपर्ने इन्भेष्टर फोरमका अध्यक्षको भनाई छ ।

शेयर बजार सुधारका लागि सुझाब समितिले प्रस्तुत गरेको ५८ बुँदामध्ये कार्यान्वयन भएको छैन । लगानीकर्ताका मागलाई कार्यान्वयन गर्न सक्ने नेतृत्व हुनपर्ने भनी लगानीकर्ताले जोड दिएका छन् ।

राज्यका सम्बन्धित निकायले गरेको गठित समितिले सम्पूर्ण लगानीकर्ताको हित संरक्षण गर्ने गरी उचित व्यक्ति चुनिनु पर्ने लगानीकर्ताको भनाई छ ।

यता ब्रोकरहरु भने विशेषगरी सेकेन्डरी मार्केटलाई विकास गर्ने पहल गर्नूपर्ने बताउँछन् । सबै स्टक होल्डरलाई ध्यान दिन पनि उनीहरुको सुझाव रहेको छ ।

चार वर्षे कार्यकाल समाप्त गरी गत असोज मसान्तदेखि डा. रेवतबहादुर कार्कीको कार्यकाल सकिएसँगै नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद खाली छ । राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको छ ।

अध्यक्ष नियुक्तिमा राजनीतिक चलखेल हुने आशंका गरिएको छ । पूँजीबजारमा रियल सेक्टरलाई भित्र्याउने, बर्न मार्केट लगायत अनलाईन पूर्ण रुपले कार्यान्वयन गर्न अब आउने अध्यक्षको लागि चुनौतिपूर्ण कार्य देखिन्छ ।

अब समिति गठन भएसँगै अध्यक्ष पदका आकांक्षीहरुको आवेदन माग गर्ने र उक्त समितिले दाबेदारहरुमध्येबाट कम्तीमा ३ जनाको नाम सिफारिस गर्नेछ । ती ३ जना मध्येबाट मन्त्रिपरिषद्ले बोर्डको अध्यक्ष नियुक्ति गर्नेछ ।

बोर्ड अध्यक्ष हुनका लागि कम्तीमा स्नातकोत्तर तहको उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको हुनुपर्ने व्यवस्था धितोपत्र ऐनमा उल्लेख गरेकोछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);