पूँजीबजारको विकास तथा सुधार हुनेमा लगानीकर्ता आशावादी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पूँजीबजारको विकास तथा सुधार हुनेमा लगानीकर्ता आशावादी

काठमाडाैं, १ माघ । निकै लामो समयदेखि पूँजीबजार पेनिक अवस्थामा रहेकोछ । १८ सयको हाराहारीमा रहेको नेप्से परिसूचक घटेर १२ सय अंकको हाराहारीमा झरेको छ । पूँजीबजारमा प्रविधिले फड्को मारिरहँदा लगानीकर्ताहरु भने झन्झन् घाटामा झरेका छन्।

पूँजीबजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले नयाँ नेतृत्व पाएपछि भने पूँजीबजारको विकास तथा सुधार हुनेमा लगानीकर्ताहरुले आशा गरेका छन् ।

पुँजी बजारमा बैंकलाई ब्रोकर लाइसेन्स दिने, ब्रोकरको शाखा विस्तार गर्ने, कमोडिटी बजार सञ्चालन लगायतका काम पाइपलाइनमा छन् । त्यसैगरी, पुँजी बजारको दिगो विकासका लागि बजार निर्माताको सुरुवात, एनआरएनलाई लगानी खुला लगायतका मुद्दा पनि चर्चामा छन् ।

यी कार्यहरु पूरा गर्नुपर्ने अवस्था छ । यसैगरी, नयाँ स्टक एक्सचेन्ज खुला गर्ने वा नेप्सेको निजीकरण भन्ने मुद्दा पनि छ । यो विषयको निराकरण गर्ने काम पनि गर्नुपर्नेछ ।

यसबाहेक पुँजी बजार सुधारका लागि उच्चस्तरीय समितिले सिफारिस गरेका ५८ बुँदा कार्यान्वयनको चरणमा रहेका छन् । तर पहिलेदेखि नै स्टक मार्केटको विज्ञको रुपमा रहेकाले चुनौतिलाई यसलाई दिगो समाधान गर्न पनि जरुरी रहेको छ ।

पुँजी बजार सुधारका क्रममा यसअघि सारिएका तर पूरा हुन नसकेका विषयलाई निर्क्योलमा पुराउनु नै बजारको आवश्यकता हो । बजारको आवश्यकता अनुसार नयाँ कामहरु पनि प्राथमकितामा राखिनुपर्ने हुन्छ ।

तर बजार मैत्री अध्यक्ष नियुक्त भइसकेकाले अब भने पूँजीबजारले विकासमा फड्को मार्ने आशा लगानीकर्ताको छ ।

नवनियुक्त अध्यक्ष भिष्मराज ढुंगाना तथा नेपाल धितोपत्र बोर्डले गर्नुपर्ने कार्य धेरै भएपनि चुनौतिलाई छिचोल्दै बजार विकास गर्नूपर्ने अहिलेको आवश्यकता रहेको धितोपत्र बोर्डका कार्यकारी निर्देशकको भनाई छ ।

सेयर बजार सुधार्न धितोपत्र बोर्ड अध्यक्ष ढुंगानाको ६ बुँदे योजना र बोर्डले ४ सय बढी संस्थालाई नियमन गर्दै आएको र अब कमोडिटि बजार सुरु हुन लागेकोले काममा चुनौती रहेकोछ ।

स्टक डिलर ल्याउने र बीमाले सामुहिक लगानी कोषमा लगानी गर्ने काम समेत बाँकी रहेकोछ । निकै लामो समयदेखि पूँजीबजारमा गिरावट आएर थला परेको पूँजीबजारलाई नवनियुत्त अध्यक्षले कत्तिको निकास देलान् त्यो भने हेर्न बाँकी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);