निगमले गरेको निर्णय तत्काल सच्याउन बाग्लुङका व्यवसायीहरूकाे माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

निगमले गरेको निर्णय तत्काल सच्याउन बाग्लुङका व्यवसायीहरूकाे माग

गण्डकी प्रदेशबाट मात्रै ४३ वटा आवेदन

बाग्लुङ, २१ साउन । नेपाल आयल निगमले नयाँ पेट्रोल पम्पका लागि खोलेको नयाँ आवेदन खारेज गरेपछि नयाँ पम्पको लागि निवेदन दिनेहरूले विरोध जनाएका छन् ।

नेपाल आयल निगमले नयाँ बिक्रेता नियुक्तिका लागि गत वर्ष २०७६ बैशाख १७ गते आह्वान गरेको सार्वजनिक सूचना खारेज गरेको भन्दै निगमले गरेको निर्णय तत्काल सच्याउन बाग्लुङका व्यवसायीले माग गरेका छन् ।

सरकारले नयाँ पेट्रोल पम्प खोल्न दिने निर्णय गरेपछि उत्साहित भएका नयाँ लगानीकर्ताले निर्णय खारेजीपछि विरोध जनाएका हुन् ।निगमले पेट्रोल पम्प नयाँ खोल्न अनुमति दिने सुचना जारी गरेपछि देशभरि बाट १ हजार २५ वटा आवेदन परेको थियो ।

गण्डकी प्रदेशबाट मात्रै ४३ वटा आवेदन परेको थियो भने बागलुङ जिल्लाका ६ जना ब्यबसायीले नयाँ पम्प संचालन गर्न सबै प्रक्रिया पूरा गरेर अगाडि बढेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);