नेता महराले भने अबको तीन हप्तामा नयाँ सरकार बन्छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

दाङ, ७ पुष । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले अबको तीन हप्ता भित्र नयाँ सरकार बन्ने दावी गरेका छन् ।

एक कार्यक्रमा बोल्दै नेता महराले सरकार गठन गर्नका लागि प्रतिनिधिसभा सदस्य भए पुग्ने भएकाले तत्कालै सरकार गठन प्रक्रिया सुरु हुने बताएका छन् ।

निर्वाचन आयोगले समानुपातिक सिट घोषणा गरे लगत्तै सरकार गठन प्रक्रिया सुरु हुने भन्दै महराले आयोगले समानुपातिक सिट घोषणाको समेत अन्तिम तयारी गरेकाले तीन हप्ताभित्रै सरकार गठन भइसक्ने दावी गरे ।

नेता महराले प्रदेश ५ को राजधानी दाङमै हुने दावी समेत गरेका छन् । दाङकै पक्षमा बहुमत भएको दावी गर्दै महराले राजनीतिक सहमतिका आधारमा दाङ नै राजधानी घोषणा हुने दावी गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);